गगन थापा भन्छन् : ‘लघुवित्तका कारण गरिबहरू उठ्नै नसक्ने गरी थला परे’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गरिबहरू लघुवित्त संस्थाका कारणले उठ्नै नसक्ने गरी थला परेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै लघुवित्तको सुपरिवेक्षणमा भएको कमि कम्जोरीले सोझा साझा किसान झन्झन् गरिबीले थला परेको बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘अति न्युन आए भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भनेको कैयन लघुवित्त संस्थाको कारणले गर्दा गरिबहरु थला पर्न बाध्य भएका छन् ।’ अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उनले बताए ।

उनले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय सुझाएका छन् । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उनको भनाइ छ । समस्या सँगसँगै समाधानको उपाय पनि उनले सुझाएका छन् ।

साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने, बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने, एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने, सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने, वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने जस्ता सुझाव कार्यान्वयन गर्न राष्ट्र बैंकको ध्यानकर्षण पनि गराएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.