राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने गरि निर्वाचनको खर्च सीमा निर्धारण गरेको हो ।
निर्देशिकाको दफा १३७ मा निर्वाचन प्रचार प्रसार गर्नका लागि उम्मेदवारले तोकिएको हद भन्दा बढी नहुनेगरी खर्च गर्नुपर्ने उल्लेख छ । निर्देशिकाको व्यवस्था अनुसार सबैभन्दा बढी सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १र१ लाख खर्च गर्न पाइने छ । यस्तै, दोस्रोमा कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार खर्च गर्न पाइने छ ।
ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने सीमा तोकिएको छ । निर्देशिका अनुसार सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम विद्युतीय माध्यममा २०र२० हजार खर्च गर्न पाइने छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...