झलनाथ खनालको प्रष्टीकरण : ‘माधव नेपाललाई कसैले राष्ट्रपतिको प्रस्ताव गरेको छैन’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको बताएका छन् । बुधबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पछिल्लो समय भएको भेटघाटबारे अध्यक्ष माधवकुमार नेपालले रिपोर्टिङ गरेको तर राष्ट्रपतिको प्रस्ताव आएको बारे केही नबोलेको बताएका हुन् ।

अहिलेसम्म पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने हल्ला त्यो हल्लामा मात्र समित भएका छन् । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । सो भेटमा नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको एमाले स्रोतले बताएको थियो ।

नेता खनालले राष्ट्रपति निर्वाचनमा आफूहरुको पनि सरोकार रहेको भन्दै यसबारेमा छलफल सुरु गर्ने बताएका छन् । राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा उभिने उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.