पत्रकार सुनील महर्जन सम्मानित
ललितपुर । भीमसेन मन्दिर पुनः निर्माण सरोकार समितिले पत्रकार सुनील महर्जनलाई सम्मान गरेको छ । पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता समितिमार्फत पुनः निर्माण गर्न विसं २०७२ सालको भूकम्पपछिदेखि नै पत्रकारिता मार्फत महत्त्वपूर्ण योगदान पुयाएको भन्दै महर्जनलाई सम्मान गरिएको हो ।
उनी नेपाल समाचारपत्रका सहायक सम्पादक तथा नेवास् पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष हुन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सो मन्दिर क्षतिग्रस्त भएको थियो । ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा गठित सो समितिले पाटन सङ्ग्रहालय परिसरमा मंगलबार आयोजना गरेको एक समारोहका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सहायक सम्पादक महर्जनलाई कदर पत्र प्रदान गरेका हुन् ।
समारोह समितिका अध्यक्ष कृष्णलाल महर्जनले सो मन्दिरको पुनः निर्माण सम्पदा संरक्षणमा निजी क्षेत्र र स्थानीयको भूमिकाको ठोस उदाहरण रहेको बताए । भीमसेन मन्दिर पुन निर्माणले सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्त्वपूर्ण रहेको पुष्टि गरेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ । मन्दिर पुनः निर्माणको कूल लागत ४ करोड ९३ लाख रकममध्ये अत्यधिक हिस्सा जनस्तरको रहेको छ । सो अवसरमा मन्दिर पुनः निर्माण गर्ने कालिगडहरूलाई सम्मान गरिएको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...