प्रचण्डसँगको भेटपछि माधव नेपालले भने : ‘पदलोलुप देखिएर राष्ट्रपति बन्दिनँ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताएका छन् । बिहीबार माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसंग भेटेपछि सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘पदलोलुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उठ्छु । हामीसँग अहिले विभिन्न अप्सन छन् । तीमध्ये जुनले देशको हित गर्छ त्यही छान्ने हो । व्यक्ति को बन्छ भन्ने भन्दा पनि देशको हित कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

अध्यक्ष नेपालले अहिले आफूहरूसँग विभिन्न विकल्पहरू रहेकाले ती सबैमा छलफल भइरहेको बताएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.