राष्ट्रपतिमा कस्को सम्भावना कति ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । जनता समाजवादी पार्टीलाई उपराष्ट्रिपति दिने लगभग निश्चित जस्तै भएको छ । यता राष्ट्रपतिमा साझा उम्मेदवार तय गर्न ४ दलका नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घन्टा बसेको बैठक विना निष्कर्ष स्थगित भएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका साथै एकीकृत समाजवादीले समेत दाबी नछाडेपछि सहमति जुटाउन नेताहरुलाई सकस परेको हो । एकीकृत समाजवादीले बिहीबार ३ दल माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको बैठकमा पनि आफ्नो दलको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बनाउने बताइरहँदा आफ्नो पार्टीका उम्मेदवारका लागि त्यो सम्भावना रहेको एकीकृत समाजवादीको तर्क छ ।

एमालेले कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने र कांग्रेसले एमाले उम्मेदवारलाई समर्थन नगर्ने अवस्थामा राष्ट्रिय सहमति हुँदैन भन्ने प्रचण्डलाई थाहा हुदा हुदै राष्ट्रिय सहमतिको बाँसुरी बजाएर उनी एमालेलाई राष्ट्रपति नदिने स्पष्ट रणनीतिमा पुगेका छन् । यो बीचमा उनले कांग्रेस, नेकपा एस र जसपा तीनवटा पार्टीलाई राष्ट्रपतिको आश्वासन दिएका छन् । उनले कांग्रेससँग समझदारी नै गरेका थिए । त्यसअनुसार हिजो लिखित सहमति गर्ने कुरा थियो । तर, हिजो बेलुका फेरि तीन दलको बैठकमा उनले माधव नेपाललाई राष्ट्रपति दिन तयार भएका छन् । त्यसका लागि आज कांग्रेस र एमालेसँग वार्ता गर्ने सहमित भएको थियो ।

आज फेरि कांग्रेससहित चार दलको बैठक बस्यो । बेलुका ५ बजे बैठक बसेर पुरानो गठवन्धन ब्यूँताउने भन्दै नेताहरू उठेका छन् । त्यसो त यसबीचमा प्रचण्डले महन्त ठाकुरलाई राष्ट्रपति बनाउन माग गर्दै आएका जसपा नेताहरूलाई पनि सकारात्मक जवाफ दिएका थिएका छन् । राष्ट्रपतिको मनोनयन भोलि हुँदैछ । त्यतिञ्जेलसम्ममा प्रचण्डले कोकोलाई राष्ट्रपतिमा समर्थन गर्ने हुन् भन्न सकिने अवस्था छैन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.