‘माधव राष्ट्रपतिका उम्मेदवार भए एमालेले समर्थन गर्छ’ : पृथ्वी सुब्बा गुरुङ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिको उम्मेदवार माधव नेपाल भए समर्थन गरेर जाने बताएका छन् । उनले नेपाल पुरानो गठबन्धनबाट उम्मेदवार भएमा आफुहरुलाई नैतिक संकट पर्ने भन्दै एमालेले समर्थन गरेर जाने तयारी गरेको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो । यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उनलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’

तर, एमालेले राष्ट्रपतिका विषयमा शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने गुरुङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मिसाउने रणनीतिमा लागेका छन् ।

प्रचण्डले पूर्वसहमति अनुसार एमालेलाई राष्ट्रपति नदिने देखेपछि ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए । अहिले पनि पुरानो गठबन्धनमा पनि नेता नेपाल र कांग्रेसको दाबी परेको छ । एमालेबाहेक पुरानो गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार अघि सार्न ठोस निर्णयका लागि ५ बजे पुरानो गठबन्धनको बैठक बोलाइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.