राप्रपाले गर्यो राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय
काठमाडौं । यति बेला सबैको ध्यान राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा केन्द्रित छ । अझ राजनीतिक दलका नेताहरु त आफ्नो पक्षमा र आफ्नै पार्टीबाट राष्ट्रपति चयन कसरी गर्ने दाउमा छन् । यता सरकारमा आबद्ध दलहरुको गठबन्धन उता नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध राजनीतिक दलहरु राष्ट्रपति आफ्नो पोल्टामा पार्न कुनै कसर छोड्ने वाला छैनन् ।
यता भने राष्ट्रपति निर्वाचनले सबैको निन्द्रा उडाएको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल गर्ने कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
तर, सुरुका दिन देखी पार्टी यो सरकारमै जानुहुन्न भन्ने आवाज उठाउँदै आएका राप्रपाका महामन्त्री धवल शमशेर राणा यति वेला राष्ट्रपति निर्वाचनमा सहभागी हुनुहुन्न भन्ने अडानमा उभिएका छन् । यस विषयमा राणालाई पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री राजेन्द्र गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा, नारायण कोइराला लगायतको साथ मात्रै होइन वरिष्ठ नेताहरु पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनी लगायतले पनि साथ दिएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...