राप्रपाले गर्यो तत्काल प्रदेश १ को सरकार नछाड्ने निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

विराटनगर । प्रदेश १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल नबाहिरिने भएको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपनि प्रदेश १ को सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता नहुने भएका हुन् ।

राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि तत्काल सरकारबाट नबाहिरिने सुझाब दिएका छन् । केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने भएका छन् । सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठक पनि बोलाएको छ ।

राप्रपाले प्रदेश १ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा ६ सीट रहेको छ । गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.