लामिछानेसम्बन्धी मुद्दा बन्द इजलासमा सुनुवाइ जारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतमा सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुँदै छ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन र सन्दीपले विदेश जाने अनुमति माग्दै दिएको निवेदनको सुनुवाइ बन्द इजलासमा भइरहेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको हो । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए । लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था छ । इजलासको आदेशपछि बन्द इजलास सुरु भएको छ, जसमा सरकारी र सन्दीप पक्षका वकिल मात्र सहभागी छन् ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.