‘वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले देशमा परिवर्तन हुन सक्दैन’ : झलनाथ खनाल

स्टार संवाददाता
स्टार संवाददाता

सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने सम्भावना आफूले नदेखेको जिकिर गरेका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता मोहले गर्दा २ महिनामै गठबन्धन फेरिएको र सरकार फेरिने अवस्था बनेको भन्दै यस्तो बताएका हुन् ।

उनले वामपन्थी एकता आवश्यक रहेको प्रतिबद्धता समेत गरेका छन् । खनालले वामपन्थीहरूबीच एकता भए प्रगतिशील नीति ल्याउन सकिने उनको भनाइए थियो । उनले भने, ‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो । वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ, तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन ।’

एकीकृत समाजवादीले नीति र लक्ष्य मिल्ने दलहरूसँग एकता गर्ने भए पनि तत्काल यो सम्भावना भने नरहेको उनले बताए । तर वाम एकताका लागि समाजवादी सधैं तयार रहेको उनको भनाइ थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.