भारतबाट आएको चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेलमा मिसावट
काठमाडौं । इण्डियन आयल कर्पोरेसनको सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट भएको पाइएको छ । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।
निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । अहिले झापाको चारआली शाखामा रहेको ४ वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको छ । छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही गर्ने भएका छ । निगमका अनुसार नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने अनुमान गरिएको छ ।
१० फागुनमा सिलगुडी डिपोबाट २० हजार लिटरका दरले डिजेल लिएर चार ट्यांकर निगमको झापास्थित चारआली शाखा कार्यालयमा आएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...