‘सहिदहरुलाई धोका दिने प्रचण्डले आफूलाई धोका दिनु कुनै अनौठो कुरा हैन’ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोका दिनु कुनै अनौठो नभएको बताएका छन् । आइतबार काठमाडौंमा भएको सहिद परिवार र घाइतेको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एउटा भाषा बोल्ने र काम अर्कै गर्ने नेता प्रचण्ड रहेको बताएका हुन् ।
उनले भने, ‘मलाई धोका दिनु कुनै ठुलो कुरा होइन । उहाँले मलाई २ महिना कस्तो गाह्रो भएको थियो भनेको सुने, हरियो देख्नै नहुने दाम्लो चुँडाउन खोजिहाल्ने अनि मैले रोकिदिने । अनि गाह्रो त हुने नै भयो । २०६३ पछि सबैभन्दा धेरै समय सरकारमा रहने प्रचण्ड र उनको पार्टी हो । ३ पटक त उहाँ प्रधानमन्त्री नै हुनुभयो । प्रधानमन्त्री भएको ३ वर्ष भयो, सरकारमा बसेको त कति भयो भयो ? २०६३ पछि कोही पनि त्यति लामो समय अरू सत्तामा छैन । तर परिवारका सदस्य, भाञ्जाभाञ्जी भाइ भतिजालाई राम्रै भएको होला तर अहिले प्रधानमन्त्रीजीले घाइते र सहिदका परिवार सम्झनुभएको छ कि छैन । उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन ? उनले प्रचण्डलाई कसका विरुद्ध किन जनयुद्ध सुरु गर्नुभएको थियो ? भन्दै प्रश्न गरे ।
अध्यक्ष ओलीले जनयुद्धका नाममा प्रचण्डले हिंसाको अभियान सुरु गरेको पनि बताए । जसका कारण आन्दोलनरत र राज्य पक्षबाट थुप्रै मानिसको हत्या भएको बताए । यस बीचमा लोकतन्त्रका लागि एउटा प्रयास गरिएपनि उनी जनताका समस्या समाधान गर्ने भन्दा पनि आफ्नै स्वार्थमा हिँडिरहेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...