सदभाव र रगंको पर्व होली : बसन्तपुरमा ठड्याइयो चीर

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । फागु अर्थात् रंगहरुको पर्व होली सोमबार सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा आइतबार बिहान ७ बजेर ४५ मिनेटको शुभसाइतमा चीर ठड्याएसँगै यो वर्षको होली पर्व विधिवत रुपमा सुरु भएको हो ।

हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ । चीर ठड्याएसँगै हनुमान ढोका दरबार क्षेत्रमा गुरुजुको पल्टनले तोप पड्काएर हर्षबढाइँ गरी अबिर छर्किई होली पर्वको स्वागत गरेको छ ।

पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ  । भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ । प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । यस वर्ष काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा २२ गते र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

पौराणिक कथनअनुसार हिरण्यकसिपुले आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए  । तर आगोले विष्णुका भक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भस्म भइन् । यसरी होलिकारूपी पापवृत्ति जलेर भस्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको प्रतीक चीरदाह गरेसँगै होली पर्व समापन हुनेछ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.