एमालेले गर्यो समर्थनसहित सरकार छाड्ने निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने
काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले समर्थनसहित सरकार छाड्ने निर्णय गरेको हो ।
पार्टीको सचिवालय बैठकबाट सरकारबाट फिर्ता हुने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै एमाले मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकका निर्णयसँगै राजीनामा पनि बुझाउने जानकारी गराएका हुन् । पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।
एमालेले प्रदेश सरकारका विषयमा भने कुनै नयाँ निर्णय लिएको छैन् । उपाध्यक्ष पौडेलले सरकारबाट हट्ने र समर्थन फिर्ता लिने निर्णय संघीय सरकारको हकमा मात्रै भएको बताएका छन् । एमालेबाट ३ वटा प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् । थप ३ प्रदेशमा सरकारमा सहभागी छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...