दुई महिनामै टुंगियो एमाले नेतृत्वको गठबन्धन !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गत पुस १० गते बनेको नेकपा एमाले नेतृत्वको गठबन्धन दुई महिना नपुग्गदै टुंगिएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै पुस १० गते बनेको गठबन्धन टुंगिएको हो ।

प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलबाट साझा उमेदवार बनेपछि गठबन्धन निरन्तरतामा प्रश्च उठेको थियो । तर यता एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० मा भएको सहमति कायम रहेको दाबी गर्दै राष्ट्रपतिमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उमेदवार दर्ता गरि सरकारबाट पनि नबाहिरिने निर्णय गरेको एमालले आफुहरुलाई विनाविभागीय बनाउने तयारी गरेको भन्दै आक्रोशित बनेको एमालेले सरकार छोड्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतालाई सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादीले राष्ट्रपतिमा समर्थनसहित प्रस्तावक र समर्थकमै नाम लेखाएपछि एमालेको दाबी खण्डित भइसकेको थियो । तर, एमालेको सरकारबाट नबाहिरिने निर्णयले नयाँ सत्ता गठबन्धन बन्छ वा यही सरकारले निरन्तरता पाउँछ भन्ने प्रश्न, एमालेले सरकार छोड्ने निर्णय गरेपछि टुंगिएको छ ।

गठबन्धनमा रहेका दलमध्ये जनता समाजवादी पार्टी सरकारमा सहभागी नै भएको थिएन । उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी यसअघि नै सरकारबाट बाहिरिएको थियो । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । शुक्रबार सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि शनिबार अर्को सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । राप्रपाले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

तत्कालीन सात दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टी भने नयाँ बनेको ८ दलीय गठबन्धनमा सहभागी भइसकेका छन् ।

आठ दलीय गठबन्धन बन्नुअघि निर्वाचनअघिको सरकारमा रहेका पाँच दलबीचको पुरानो गठबन्धन ब्युँताउने समझदारी सफल भएको छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाबीच पुरानै गठबन्धन ब्युँताएर आगामी दिनमा कसरी अघि बढ्ने भनेर खाका तयार गर्न कांग्रेस महामन्त्री गगन थापा र जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको कार्यदल पनि बनेको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.