यू–१९ क्रिकेट : नेपालले पायो १२१ रनको लक्ष्य


काठमाडौं । युनाइटेड अरब इमिरेट्स यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ । युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।
नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।
प्रतियोगितामा नेपाल, यूएई, हङकङ, सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’
काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार संसद सचिवालयमा पत्र...
गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...
कर्णाली सरकारको खर्च ३३ प्रतिशत
काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...
विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...