१९ फागुनमा आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ८ दलीय गठबन्धनले प्रदेश सांसदहरुको भेला गर्ने भएको छ । १९ फागुनमा राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।

सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठकमा प्रदेशका राजधानीमा १९ आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको छ । उक्त भेलामा गठबन्धन बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने एक नेताले बताएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक आज बसेको थियो । राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलका नेता सम्मिलित कार्यदल आइतबार बनेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.