यू–१९ विश्वकप : हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालको लगातार तेस्रो जित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आईसीसी यू १९ पुरुष विश्वकप एसिया छनोटमा हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले यू–१९ विश्वकप एसिया रिजन छनोटमा लगातार तेस्रो जित निकालेको छ । हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रनको अविजित इनिङ खेले । अर्का ओपनर अर्जुन कुमाल १६ रनमा आउट हुँदा उत्तम रान्गु थापा मगर ३९ रनमा अविजित रहे । यसअघि, ब्याटिङ गरेको हङकङका पर्थ भागवतले सर्वाधिक ३६ रन बनाए, मोहमद अलियान जाहिर २९ रन बनाएर आउट हुँदा आहान त्रिवेधी ११ रनमा अविजित रहे । त्योबाहेक हङकङकका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्द्ये १९ रन खर्चिए । आकाश चन्द ले ८।३ ओभरमा ४३ रन खर्चिएर २ विकेट लिँदा सुबास भण्डारीले १० ओभरमा तीन मेडनसहित १० रन खर्चिएर दुई विकेट लिए । उप कप्तान दिपेश कँडेलले एक विकेट लिए । पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.