दुई महिना नपुग्दै दुई तिहाइ भन्दाबढी मन्त्रालय खाली, राष्ट्रपति निर्वाचनपछि मात्रै पूर्णता दिने
काठमाडौं । पुस १० गते अगाडिको पाँच दलीय गठबन्धन दुई महिना नपुग्गदै टुंगिएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई तिहाइभन्दा बढी मन्त्रालय रिक्त हुन पुगेका छन । मन्त्रिपरिषद्मा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले सोमबार बाहिरिएपछि प्रधानमन्त्री दाहालमातहत १६ वटा मन्त्रालय रहेका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ र राप्रपा फागुन १३ मा सरकारबाट बाहिरिएका थिए । अहिलेको सात सदस्यीय मन्त्रिपरिषद्मा माओवादी र जनमत पार्टीको मात्र प्रतिनिधित्व छ ।
प्रधानमन्त्री दाहालले भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनेभन्दा पनि विश्वासको मतलाई प्राथमिकता दिएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री दाहाललाई सुझाव दिएको कुरा बाहिर आएको छ ।
प्रचण्डलाई चुनावअघिकै गठबन्धनमा फर्काउन सफल भएपछि कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको र गठबन्धनमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको नेताहरु बताउँछन् । कांग्रेसमा पनि सरकारमा जाने छलफल भएपछि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबाहेक अधिकांश हेभिवेट नेताहरु नै सरकारमा जान आतुर देखिएका छन् । आठ दलीय गठबन्धनमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने देखिएको छ । पार्टीभित्रका अधिकांश शीर्ष नेताहरु नै सरकारमा जान हतारिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई मिलाउन हम्मेहम्मे परेको देखिन्छ ।
चुनावअघिको गठबन्धन ब्युँताएको जस लिने होडमा रहेका उपसभापति पूर्णबहादुर खड्का पनि सरकारमा जान तयार छन् । उनी प्रचण्डलाई नै प्रधानमन्त्री दिएर भए पनि पुरानो गठबन्धन जोगाउने पक्षमा थिए । तर, पार्टीभित्र देउवा निकट नेताहरुबीच कुरा मिल्न नसक्दा उनको त्यतिबेलाको प्रयास सफल हुन सकेन । खड्का महत्वपूर्ण मन्त्रालय लिएर कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । यद्यपि उनको मन्त्रालय कुन हुने भन्ने टुंगो छैन । तर, अहिले प्रचण्डलाई एमालेबाट फर्काएर पुरानै गठबन्धनमा ल्याउन रामचन्द्र पौडेलकै जति भूमिका खड्काको छ ।
कांग्रेस प्रवक्ता प्रकाशरण महतले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने र सरकारमा सहभागी हुने विषय आठ दल बसेरै तय गरिने बताउदै आएका छन् । । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रालय बाँडफाँटबारे छलफल गरिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको भनाई छ । मन्त्रालय बाँडफाँट तत्काल गर्दा उत्पन्न हुन सक्ने विवादले आसन्न निर्वाचनमा असर पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि केही दिन कुर्ने अधिंकास नेताहरु बताउँछन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...