‘पुस १० को गल्तीलाई सच्चाएर गठबन्धन भत्कायौँ’ : महामन्त्री थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा भएको गल्तीलाई सच्चाएर अस्वाभाविक रूपमा बनेको गठबन्धन घाम लागेका बेलामा भत्काएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेसँगकै गठबन्धन बलियो बनाएको भए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ भएको महामन्त्री थापाले दाबी गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्ने विषयमा मात्र नसोचेको उनको भनाई छ ।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो । एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो । माओवादीले पाउँदैनथ्यो । अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ । यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन ।’

उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.