‘दलहरूबीच विश्वासमा ठूलो खाडल पैदा भएको छ’ : विष्णु पौडेल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । निवर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दलहरूबीच विश्वासमा ठूलो खाडल पैदा भएको कारणले दुई महिनामै एमाले सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताएका छन् । उनले पुस १० गते माओवादीसँग भएको सहमतिअनुसार नै मुलुक अघि बढ्छ भन्ने आफुहरुको अपेक्षा रहेको तर अविश्वासको परिस्थिति उत्पन्न भएसँगै सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले भने, ‘दलहरूबीच विश्वासमा ठूलो खाडल पैदा भएको छ । पुस १० गते माओवादीसँग भएको सहमतिअनुसार नै मुलुक अघि बढ्छ भन्ने हाम्रो अपेक्षा थियो तर तोड्ने काम भयो । वास्तवमा एउटा अविश्वासको परिस्थिति उत्पन्न भयो ।’

 अर्थतन्त्र परिसूचकलाई सकारात्मक दिशामा फर्काउन योजनाबद्ध ढंगले काम अघि बढाएको तर त्यसलाई पुरा गर्ने नसकेको बताए । उनले भने’ ‘अर्थतन्त्र परिसूचकलाई सकारात्मक दिशामा फर्काउन योजनाबद्ध ढंगले काम अघि बढाएका थियौं । यहीबीच हामीले बजेटको मध्यावधि समीक्षा गरेर चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनका समस्या पहिल्यायौं र त्यसलाई कार्यान्वयनयोग्य बनाउने महत्त्वपूर्ण निष्कर्ष अघि सार्‍यौं । राजस्व प्रशासनलाई प्रभावकारी ढंगले सञ्चालन गरी संकलनमा सुधार ल्याउने, पुँजीगत खर्चमा वृद्धि गर्ने र निजी क्षेत्रसँग गहन संवाद गरी उनीहरूका समस्या सुन्ने र समाधान गर्ने योजना सुरु गरेका थियौं  ।’

आगामी दिनमा अस्थिरताका शृंखला अघि बढ्न सक्ने उनको भनाई रहेको छ  ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.