सरकारबाट नबाहिरिने जनतम पार्टीको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जनमत पार्टीले सरकारबाट नबाहिरिने निर्णय गरेको छ । १० पुसमा प्रधानमन्त्रीमा प्रचचण्डलाई समर्थन गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल सरकारबाट बाहिरिँदा डा.सीके राउत नेतृत्वको जनमत पार्टी भने सरकारमै रहने भएको हो ।

काठमाडौंमा मंगलबार भएको जनमतनिकट विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीलाई जनमत अध्यक्ष राउतले आफूहरु सरकारबाट नबाहिरिने जानकारी दिएका हुन् । गत १० पुसमा एमालेसहित जनमतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । सरकार छोड्नुपर्ने जनमत कुनै परिस्थिति नआएको उनको भनाइ छ ।

राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्तिको रुपमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको अध्यक्ष राउतले जानकारी दिए । यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।   प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...

कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...

आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण

काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ ।   पार्टी...

.