किन  हटाइँदै छ सेवाबाट डिएसपी कोजुलाई ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सशस्त्र गृह मन्त्रालयले नायब उपरीक्षक डिएसपी डाक्टर आशिष कोजुलाई विभागीय कारबाहीको तयारी थालेको छ ।  मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका  प्राविधिकतर्फ कार्यरत सशस्त्र प्रहरीका डिएसपी कोजुले  चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि  मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । 

डिएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गरेको थियो तर उनी सम्पर्कमा आएनन् । कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृह मन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।

सशस्त्रको पत्र अनुसार प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले पनि माघ ५ गते सात दिनभित्र कारणसहित सफाइ पेस गर्न सूचना निकालेकोमा कोजुले संचित बिरामी बिदा स्वीकृत गरेर क्यानडामा उपचार गराइरहेको इमेल गरेका थिए । कोजु उपर सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११३ को उपनियम ९१० को खण्ड (ज) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) को ९१० बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले मन्त्रालयमा पत्राचार गरेको छ ।  

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.