उपप्रधान र अर्थ मन्त्रालय सहित डा. महतलाई सरकारमा पठाउने सम्भावना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको तयारी थालेका छन् । सरकारमा सहभागी भएका तीन दल बाहिरिए पछि रिक्त रहेका मन्त्रालयमा नयाँ सत्ता साझेदार दलहरुलाई सहभागी गराउने तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड फेरिएको राजनीतिक समीकरणअनुरुप मन्त्रिमण्डल पुनर्गठनको तयारीमा लागेका देखिन्छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने तयारीमा रहे पनि कांग्रेसमा मन्त्रीका आकांक्षी बढेकाले सबै मन्त्रालय टुंगो लगाउदा असन्तुष्टि बढेर राष्ट्रपतिको निर्वाचनमा असर पुग्ने आशंकाले सबैलाई एक एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउन लागेका हुन् । कांग्रेसबाट सरकारमा जाने छलफल भएपछि कांग्रेसका अधिकांश हेभिवेट नेताहरु नै सरकारमा जान आतुर देखिएका छन् ।
यता कांग्रेसले भने प्रवक्ता समेत रहेका डा.प्रकाश शरण महतलाई पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी गराउने करिब करिब निश्चित भएको पाटी भित्रका नेताहरु बताउँदै आएका छन् । सरकारमा सहभागी हुने आकांक्षी राखेका डा. महतलाई पार्टीका तर्फबाट उपप्रधान मन्त्री सहित अथमन्त्री बनाएर सरकारमा पठाउने कांग्रेसको तयारी रहेको नेताहरु बताउँछन् ।
स्रोतका अनुसार प्रचण्डलाई कांग्रेसकै कित्तामा ल्याउन निर्णायक भूमिका खेलेका डा. महत सभापति देउवाका विश्वासिलो पात्र भएकाले अर्थ मन्त्रालय महतलाई नै दिनुपर्ने छलफल भइरहेको छ । माओवादी केन्द्रले गृह मन्त्रालय राखेमा कांग्रेसले अर्थ पाउँदा उनको सम्भावना प्रवल रहेको छ । महत उप र अर्थ लिएर कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् ।
अहिले प्रचण्डलाई एमालेबाट फर्काएर पुरानै गठबन्धनमा ल्याउन डा. महतको ठुलो भूमिका रहेको नेताहरु बताउँछन् । पुनर्गठित मन्त्रिमण्डलमा एमालेले प्राप्त गरेको अर्थ मन्त्रालय माओवादी या कांग्रेसमध्ये एकले पाउने छन् । माओवादीले गृह ल्याएर कांग्रेसलाई अर्थ मन्त्रालय दिने सम्भावना प्रबल रहेको स्रोत बताउँछ । आठ दलीय गठबन्धनमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने देखिएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...