लिग टु खेल्न क्यानका कोषाध्यक्षसँग यूएई गए सन्दीप, भोलिको म्याच खेल्न सक्ने सम्भावना
काठमाडौं । सन्दीप लामिछाने बुधबार आज यूएई प्रस्थान गरेका छन् । अदालतले विदेश भ्रमण फुकुवा गरेपछि विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी हुन सन्दीप यूएई प्रस्थान गरेका हुन् ।
नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गएका हुन् । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।
विदेश यात्रामा प्रतिबन्धका कारण त्रिकोणात्मक श्रृंखलामा सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो । नेपाल क्रिकेट संघ क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाएको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...