सरकारले घटायो सरकारी कर्मचारीको खाजा खाने समय
काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक बिदा र बिदाका दिन पनि सरकारी कार्यालय खोल्ने प्रस्तावमा सरकारले कर्मचारीको खाजा खाने समय पनि घटाएर आधा घण्टामात्रै तोकेको हो ।
निजामती र सार्वजनिक सेवाका कर्मचारीले कार्यालय समयमा आधा घण्टाभित्रै खाजा खाईसक्नुपर्नेछ । मन्त्रीपरिषद्को बैठकबाट निर्णय भएको प्रस्तावमा यो व्यवस्था समेत थप गरिएको हो । मन्त्रिपरिषद्बाट निर्णय भएको प्रस्तावअनुसार सरकारी सेवाका कर्मचारीको खाजा खाने समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म तोकिएको छ ।
सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र खाजा खाने निहुँमा कर्मचारीले घण्टौसम्म काम नगर्ने गरेको गुनासो बढ्न थालेपछि सरकारले यस्तो व्यवस्था लागू गर्ने भएको हो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...