राष्ट्रपति भण्डारीप्रति उपाध्यक्ष अर्यालको कडा टिप्पणी : ‘कसैको इशारामा चल्ने होइन नि !’


काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अहिलेको राष्ट्रपति एमालेको मात्र भएको आरोप लगाएका छन् । बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेकी बताएका छन् । उनले भने, ‘राष्ट्रपति कसैको इशारामा चल्ने होइन नि । राष्ट्रपति त देशको अभिभावक हो नि, पार्टीको लेभलभन्दा माथि उठ्न पर्यो नि, हुबहु रूपमा रहेको अध्यादेश ओके गर्ने त्यही कानुन बनेर जाँदाचाहिँ रिजेक्ट गर्ने, मेरो पनि लिगेसी कतै जोडिएको छ तर मैले राष्ट्रिय सभा उपाध्यक्षका रूपमा मर्यादा र सीमा नाघ्न त भएन नि । यस्तो हुँदै जाने हो भने हामीले ल्याएको व्यवस्था र परिवर्तनप्रति विश्वास गुम्न सक्छ ।’
राष्ट्रको अभिभावक कुनै दल विशेषको इशारामा चल्न नहुने उनको भनाई थियो । संवैधानिक अभिभावकको भूमिकामा नरही नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालले बताए । उही व्यहोराको नागरिकतासम्बन्धी अध्यादेश पारित गर्ने राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुको कुनै औचित्य पुष्टि नभएको अर्यालको भनाइ थियो । उनले राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह गरिन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...