‘दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन्’ : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुई वर्षमा प्रधानमन्त्री फेरिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले सम्बोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने आठ दलबीच समझदारी भएको बताएका हुन् ।
उनले भने, ‘दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन् । एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ । चुनाव हुने बेलामा देउवा प्रधानमन्त्री हुन्छन् । गठबन्धनमा विश्वास नचुडियोस् भन्नेमा हाम्रो ध्यानकेन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई राष्ट्रिय सहमति नभनौँ, दलीय सहमति भनौँ । हामी स्थिर सरकार चाहन्छौँ । अस्थिर सरकार भयो भने केही पनि हुँदैन । स्थिरताको हाम्रो प्रयास हो ।’
उनले कांग्रेसको ध्यान गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...