‘पौडेल राष्ट्रपति भएपछि संविधानको रक्षकको भूमिका निर्वाह हुन्छ’ : सभापति देउवा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल राष्ट्रपति भएपछि संविधानको रक्षकको भूमिका निर्वाह गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आठ दलले आयोजना गरेको संघीय संसद् सदस्यहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका निर्वाह हुन नसकेको काम पौडेल राष्ट्रपति भएपछि संविधान विरोधी काम नहुने बताएका हुन् ।

उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि रामचन्द्र पौडेलले भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव सँगाल्यौं । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन । हामी धेरै पुराना साथी हौं। मलाई पनि उहाँका बारेमा सोच्दा खटपट भइरहन्थ्यो । अत्यन्तै महत्वपूर्ण घडीमा महत्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौं ।’

उनले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा उपयुक्त उम्मेदवार भएको धारणा राखेका थिए । पौडेललाई पार्टी र शेरबहादुरले कहिल्यै केही दिएन भन्ने परेको उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.