एमालेप्रति लक्षित गर्दै गगन थापाले भने : ‘यो गठबन्धन पाँच वर्ष नै टिक्छ, कोही धराप थाप्न नआए हुन्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन् । रामचन्द्र पौडेललाई राष्ट्रपति जिताउन वागमतीका गठबन्धनका सांसदहरूलाई ८ दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताएका हुन् ।
राष्ट्रपतिको चुनावपछि कांग्रेस नेतृत्वको सरकार बन्ने चर्चा चलिरहेको बेलामा उनले एमालेलाई लक्षित गर्दै भने, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ, कोही धराप थाप्न नआए हुन्छ । यो गठबन्धन पाँच वर्ष नै टिक्छ । कांग्रेसले धोका दिँदैन । कांग्रेसले दिएको वचन पूरा गर्छ । यो संसद्लाई जोखिममा जान दिँदैनौं । गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ । कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन । वचन फेर्न मिल्दैन । अहिले हामी त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । त्यसैले गर्दा अहिले हाम्रो नेता कार्यकर्ता सबै खुसी हुनुहुन्छ । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’
गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने जिम्मेवारी कांग्रेसलाई भएकाले आफ्नो पाटीले धोका नदिने उनको भनाई रहेको छ । उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए । उनले एमालेले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको जिकिर गरे ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...