शंकर पोखरेलको टिप्पणी : ‘माओवादी दक्षिणपन्थी अतिवाद हुँदै विसर्जन र पतको बाटोमा लागेको छ’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश र जनताको पक्षमा उभिँदा एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् । २४ औं यदु गौतम स्मृति दिवसका अवसरमा आइतवार काठमाडौमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले माओवादीले गरेको जनयुद्धको उद्देश्य एकातिर र उसले लिएको बाटो अर्कोतिर भएको भन्दै माओवादी दक्षिणपन्थी अतिवाद हुँदै विसर्जन र पतनको बाटोमा लागेको बताएका छन् । उनले भने, ‘माओवादी कांग्रेसलाई बलियो र एमालेलाई कमजोर बनाउने काममा लाग्यो हिजोको चुनावमा, यदु गौतमको हत्या उग्रवामपन्थी अतिवादको नमुना हो । माओवादीभित्रको यो उग्रवामपन्थी अतिवाद दक्षिपन्थी विर्सजर्नवाद र आत्मसपर्णबादमा विर्सन हुन्छ । आज माओवादीलाई हेर्ने हो भने दक्षिणपन्थी अवसरवादको चरम नमुनाका रुपमा पतनमुखी यात्राका रुपमा अघि बढिरहेको छ ।’
पाँच दलीय गठबन्धनलाई जनताले अस्वीकार गरेपछि मुलुक बचाउन आफूहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउन बाध्य भएको बताएका छन् । उनले भने, ‘जनादेशले एमालेले नेतृत्व दाबी गर्ने प्रकृतिको छैन भनेका थियौँ । तर, पाँच दलीय गठबन्धन पनि असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन आवश्यक छ भनेर नै हामीले माओवादी केन्द्रसँग एकता र सहकार्यको पहल गर्यौँ र प्रचण्डलाई प्रधानमन्त्री बनायौँ । देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि केही आसाको सञ्चार पनि भयो ।’
अहिले प्रचण्ड जसकाविरुद्ध जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन गठबन्धन भत्काएर हिँडेको टिप्पणी गरे । माओवादीले आन्दोलनको एजेन्डा बिर्सेर स्वार्थ केन्द्रित भएर गन्तव्य बिर्सेर कांग्रेसको राष्ट्रपति बनाउनेतिर गएको टिप्पणी गरे । उनले सत्तामा रहेका दलहरुको कार्यशैली र व्यवहारका कारण मुलुक संकटतर्फ धकेलिएकाले परिवर्तन पक्षधर शक्तिहरु धुर्वीकृत हुन जरुरी रहेको उनको भनाई रहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...