विशेषज्ञता चिकित्सकको सङ्ख्या पुग्यो १० हजार, सबैभन्दा बढि इन्टरनल मेडिसिनमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या १० हजार पुगेको छ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएअनुसार हालसम्म १० हजार ८० जनाविशेषज्ञ चिकित्सक पुगेको हो ।

वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका उक्त चिकित्सकको सङ्ख्या भने न्युन हो । काउन्सिलमा दर्ता भएका कुल चिकित्सकको सङ्ख्या भने ३२ हजार २१८ पुगेको छ । विशेषज्ञ डाक्टरमध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन् ।

विशेषज्ञ डाक्टर दर्ता भएकामध्ये इन्टरनल मेडिसिनमा एक हजार ८८ जना, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ९९४, जनरल सर्जन ९४७, अर्थोपेडिक्स ८०५, बालरोग विशेषज्ञ ७८१, जनरल प्राक्टिस ४५१ र रेडियोलोजी एन्ड इमेजिङमा ६६३ जनाले विशेषज्ञता हासिल गरेका छन् ।

देशभर २२ जनामा हैजा पुष्टि

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...

त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...

‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् ।   आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...

७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडाैं ।  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...

सरकारले असार ७ गते विश्व योग दिवस मनाउने

काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

.