आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस, यस्तो छ मनाउनुको अर्थ !
काठमाडौं । आज ८ मार्च, ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर हर्ष उल्लासका साथ मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि ‘लैङ्गिक समानता लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । एक दिन महिलाका लागि समर्पण गरी चेतना जगाउने हिसाबले निकै राम्रो काम हो । नारी जसले मानवको सृष्टिदेखि आफ्नो जीवनभर हरेक रूपमा माया, प्रेम, सद्भाव बाँड्दै आइरहेकी छिन् । आफ्नो दुःखलाई थाती राखेर खाली अरूको सुख अनि खुसीका लागि समर्पित हुँदै आइरहेकी छिन् । त्यस्ती दया र साहसकी खानीको समानार्थक अर्पित दिवसलाई सार्थक बनाउन सबै क्षेत्रबाट प्रयास गर्नु अत्यावश्यक छ । यसो भए मात्र यो दिवस मनाउनुको अर्थ रहन्छ ।
चेतना वृद्धि गर्नकै लागि र नारीलाई सशक्त तुल्याउनकै लागि थुप्रै अनुत्तरित प्रश्न उजागर गर्ने दिन पनि हो आज । किन नारी आर्थिक रूपमा परनिर्भर बनाइएका छन् भन्ने सवाल उत्तिकै टड्कारो छ । आफ्नो सुरक्षा किन आफैँ गर्न सकिरहेकी छैनन् ? किन नारीमाथि गिद्धे दृष्टि लगाउनेहरू बढिरहेका छन् ? किन समान कामका लागि पनि असमान ज्याला थाप्न बाध्य छिन् ? योग्यता अनुसारको काम र मान पाउनबाट किन उनलाई वञ्चित गरिन्छ ? प्रश्न धेरै छन् । जसको उत्तर खोज्ने दिन पनि हो आज ।
नारी दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । एक शताब्दीभन्दा बढी समय हुन लाग्यो मार्च ८ लाई मानिसहरूले महिलाको विशेष दिन मानेर विश्वभर दिवस मनाउन थालेको । अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो जुन पछि संयुक्त राष्ट्र सङ्घले मान्यता दियो । सन् १९०८ मा न्यु योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्टाउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो ।
त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्यो । उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन् । उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए । उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए ।
सदियौँ देखि जरा झैँ गाडिएर रहेका नारी प्रतिको नकारात्मक सोच विभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन,हिंसा जस्ता लैगिक विभेद र अमानवीय व्यवहारहरू विरुद्धको आवाज नै नारी दिवस हो । राजनीतिक तवरबाट सुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायालयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदार हुने, सम्मानजनक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...