‘नेपालको अर्थतन्त्रको संरचना परिवर्तन नगरे अर्थतन्त्र थला पर्छ’ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताएका छन् । मंगलवार नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा सम्बोधन गर्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो अर्थतन्त्रको एउटा खालको संरचना रहेको छ । संरचनागत समस्याहरु छन् । अर्थतन्त्रको संरचना परिवर्तन नगरी कुनै न कुनै समयमा अर्थतन्त्र थला पर्छ । मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ । चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ । अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ । अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराईहाल्नुपर्ने अवस्था छैन । पछिल्लो समय अर्थतन्त्रका सन्र्दभमा संसदमा प्रधानमन्त्रीदेखि सांसदहरु समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्न पछाडि छोड्दै जाने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ । अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले गर्नसक्छ । अहिलेको राजनीतिक घटनाक्रम सँगै केही दिनमा नयाँ सरकार बन्छ ।’
महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली कांग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गरे । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए ।
महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...