राष्ट्रपति निर्वाचनको तयारी पूरा, कांग्रेसबाट एक मत नखस्ने पक्का

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस बाट एक मत नखस्ने पक्का भएको छ । कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराइरहेका छन् । केही समय अघि आगलागीमा परेर उनको शरीरको भाग जलेको थियो । उनको हाल भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।

चन्द्र भण्डारी उपस्थित हुन नसक्दा कांग्रेसका ८७ जना प्रतिनिधिसभा सदस्यले मात्र मतदान प्रक्रियामा भाग लिने छन् ।राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.