अध्यक्ष तिमिल्सिनाको टिप्पणी- ‘ढंग पुर्‍याएर संसद्‍ चलाउन नसक्ने अनि कागजलाई दोष दिएर उम्किन खोज्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरु आफू ठीक ढंगले नचल्ने तर दोष संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताएका छन् । बुधबार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान प्रयोगको गलत अभ्यासले संसद्‍ र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘संसद्‍ विघटन गर्ने कुरा दुनियाँमा जहाँ पनि जनप्रतिनिधिमुलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद्‍ विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो । संविधान बनाउँदा के भयो भने यो नेपालमा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ । आफूले ढंग पुर्‍याएर चलाउन नसक्ने अनि कागजतमा दोष दिएर कहीँ चल्छ । अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ । संविधानले त्यही भनेपछि त त्यही भन्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले सरकार सञ्चालन गर्नेहरुले ढंग पुर्‍याएर संसद्‍ चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाए । उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गर्ने गरेको गुनासो गरे ।

सरकार अप्ठेरोमा पर्दा संसद्‍ विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले यसलाई नौलो मान्नु नपर्ने उनले बताएका छन् । नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले विरोधाभाष भइरहेको उनको भनाइ थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.