आरजु राणाको प्रतिबद्धता : ‘डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्ने छु’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी नेता एवम् प्रतिनिधिसभा सदस्य अरजु राणा देउवाले महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउन आवश्यक रहेको बताएकी छन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा नेता राणाले विज्ञान र प्रविधिको विकासँगै भएको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्न, ‘डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरुको समान सहभागिता हुन जरुरी छ । किनकि यसले उनीहरूलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत गर्दछ । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्नेछु । म विशेषगरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि(साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्‍याउने काम गर्ने छु ।’

उनले सयुक्त्त राष्ट्रसंघले तय गरेको यस वर्षको नाराले उनीहरुको प्रविधिमा पहुँच स्थापना गर्नु पर्ने सन्देश दिएको पनि बताएकी छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.