राष्ट्रपतिमा कस्ले जित्ला बाजी, रामचन्द्र कि सुवासचन्द्र ?
काठमाडौं । नेपालको नयाँ राष्ट्रपति चयनका लागि भोली निर्वाचन हुँदै छ । निर्वाचनको तयारी समेत पूरा भइकेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । नेकपा एमाले र माओवादीले गएको पुस १० गते गरेको सम्झौताअनुसार राष्ट्रपती निर्वाचन नहुने भएको छ । एमालेले चाहेजस्तो सिफारिस गरेको उम्मेदवारलाई माओवादी समर्थन गर्ने वातावरण बन्न सकेन । न प्रचण्डले भन्दै आएको गैरदलीय र राष्ट्रिय सहमतिको उम्मेदवार नै राष्ट्रपति हुने वातावरण बन्यो ।
आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार चुनावी भिडन्तमा छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ दुबै संसदीय राजनीतिको पाका खेलाडी हुन् ।
नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको सभापति बन्न पटक पटक प्रयास गरेपनि सफल हुन नसकेका पात्र हुन् । उनी यसअघि संसदमा प्रधानमन्त्रीका लागि भएको मतदानमा पनि पटक पटक पराजित भएका थिए । नेता पौडेलले स्वतन्त्रता र प्रजातन्त्रबाट मात्र जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक दृष्टिकोण राख्ने गरेका छन् । त्यसो त नेकपा एमालेका नेता सुवास नेम्वाङ पनि पार्टी अध्यक्ष बन्ने अन्तिम अवस्थासम्म संघर्षरत रही उपाध्यक्ष बनेका नेता हुन् । नेम्वाङ प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउँदै हालको अवस्थामा आएका हुन् ।
प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेका उम्मेदवार सुवास नेम्वाङको विपक्षमा ८ दलीय गठबन्धन छ । पुस १० गते बनेको एमाले माओवादी गठबन्धन फागुन १२ गते टुटेपछि एमाले राष्ट्रपतिको निर्वाचनमा केही कमजोर देखिएको छ । ८ दलीय गठबन्धन बाहिर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतले राष्ट्रपतिमा कस्लाई समर्थन गर्ने वा कुनलाई मत दिने भन्नेबारे खुल्न सकेका छन्न । यतिखेर दुबै उम्मेदवार चुनावी प्रचारमा जोडतोडसँग लागिरहेका छन् । पौडेल समर्थक आठदलीय गठबन्धनचुनाव जित्नेमा ढुक्क देखिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्को प्रतिनिधि सभामा २७३ र राष्ट्रिय सभामा ५९ गरी हाल ३३२ जना सांसद मतदाता छन् । यस्तै प्रदेश सभामा जम्मा ५५० जना सांसद छन् । यस पटकको राष्ट्रपतिको निर्वाचनमा १ हजार २१६ जना मतदाता छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...