राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक जारी, रामचन्द्रको पक्षमा उभिने तयारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रपति निर्वाचनका लागि मतदान जारी रहँदा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको बैठक जारी रहेको हो ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय बारे छलफल भइरहेको एक नेताले बताएका छन् । उनका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने तयारी गरेको छ । बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् । उनले भने, हामीले बैठक बसेर निर्णय गर्दै छौं । सबै विषयलाई आकलन गरेर निर्णय गर्ने छौं । अब के निर्णय हुन्छ केही बेरमा थाहा पाइहाल्नुहुन्छ ।’

रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् । संसद्को पाँचौँ ठूलो दल राप्रपाले मतदानमा भाग नलिने निर्णय गरिसकेको छ भने नेपाल मजदुर किसान पार्टीले पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.