कंगोको पूर्वी क्षेत्रमा २० हजारभन्दा बढी विस्थापित, यस्तो छ कारण !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कंगोको पूर्वी क्षेत्रमा बढ्दो द्वन्द्वका कारण २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिक विस्थापित भएका हुन् ।

यहाँ पछिल्लो समयमा एम २३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो समूहका विद्रोही र यहाँको सरकारी सेनाबीच दिनहुँजसो भिडन्त हुन थालेका छन् । यहाँको उत्तरी किभु प्रान्तमा सो विद्रोही समूह र यहाँको सेनाबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परेर यहाँका २० हजारभन्दा बढी स्थानीय नागरिक विस्थापित हुन पुगेका कंगोमा रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

कंगोमा केहि समययता हिंसा बढेको छ । कंगोमा जारी द्वन्द्वका कारण विस्थापित हुने व्यक्तिको संख्या बढ्दै गएको देखिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.