कांग्रेस र एमाले मिल्न सक्ने ओलीको अभिव्यक्तिमा गगन थापाको जवाफ : ‘सबैलाई एक पटक झुकाउन सकिन्छ तर पटक–पटक सकिँदैन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले धेरै पटक धेरैलाई झुक्काएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा थापाले सत्ता सहकार्यको तत्काल सम्भावना नरहेको र एमालेबाट झुक्याइएकाहरुको अनुभव साटासाट गरेर कांग्रेस, माओवादी केन्द्र लगायत दलले सरकारमा साझेदारी गरेको बताएका हुन् ।
एमालेले धेरै पटक धेरैलाई झुक्काएको भन्दै थापाले भने, ‘सबैलाई एक पटक झुकाउन सकिन्छ तर सबैलाई पटक–पटक झुकाउन सकिँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका छन् ।
संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्न सक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’ यस पटक भने त्यो सम्भावना नभएको थापाले बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...