निर्वाचित पौडेलले कहिलेदेखि सम्हाल्दै छन् राष्ट्रपति पद ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ननिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्ने भएका छन् । एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पराजित गर्दै निर्वाचित भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले सोमबार शपथग्रहण गरेपछि पद सम्हाल्ने भएका हुन् ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय १४ तथा प्रदेशसभाका ३ सय ५२ सांसदले मत दिएका थिए । संघ र प्रदेशका ५ सय ६६ सांसदको ३३ हजार ८ सय २ मतभार पौडेलले पाएका हुन् । राष्ट्रपति निर्वाचनमा कुल मतभार ५२ हजार ६ सय २८ कायम गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाए पुग्नेमा पौडेलका पक्षमा ६४।२२ प्रतिशत मत खसेको थियो ।

निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङलाई संघीय संसद्का ९८ र प्रदेशसभाका १ सय ६२ सांसदले मत दिएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका हुन् । प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय सांसदको मतभार ७९ हुन्छ । संघीय संसद्का ३ सय ३१ सांसदमध्ये ३ सय १२ र प्रदेशसभाका ५ सय ५० मध्ये ५ सय १८ जनाले भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार ४ बजे निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.