सानिमा मिडिल तमोरको आइपिओ निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले फागुन २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि प्रतिसेयर अंकित १०० रुपैयाँको दरले ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसअघि कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २४ लाखको ३३ लाख ३२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन गरेको थियो । त्यस्तै, कम्पनीले ४ लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा २ लाख ४९ हजार ९ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषलाई निष्कासन गरेको थियो । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि फागुन ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सो आवधिमा मागबमोजिम आवेदन नपरेमा चैत १० गतेसम्म आवेदन दिन सकिने जनाईएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.