उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको उमेर नपुग्ने, यस्तो छ संवैधानिक व्यवस्था

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीको उपराष्ट्रपतिको उम्मेदवारमा अयोग्य देखिएकी छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर नपुग्ने देखिएपछि उनि अयोग्य भएकी हुन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो । ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ख मा कम्तीमा ४५ वर्ष उमेर पूरा भएकोु हुनुपर्ने उल्लेख छ । तर उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने उल्लेख छ ।

शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बताएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.