विश्व प्रसिद्ध ‘सिलिकन भ्याली बैंक’ स्थापनाको ४० वर्षमा कसरी भयो बन्द ?
काठमाडौं । संयुक्त राज्य अमेरिकाको १६औँ ठुलो सिलिकन भ्याली बैंक बन्द भएको छ । अमेरिकामा निक्षेप सुरक्षणको जिम्मा पाएको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले उक्त बैंक बन्द गर्ने निर्णय गरे पश्चात बैंक बन्द भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको रिपोर्टका अनुसार क्रिप्टोमा अत्याधिक लगानीका कारण तरलता व्यवस्थापन गर्न नसक्दा अमेरिकाको सिलिकन भ्याली बन्द भएको हो । सिलिकन बैंक बन्द हुनुको मुख्य कारण अल्पकालीन निक्षेप धेरै हुनु र तरलता संकट अत्याधिक हुनु रहेको विश्लेषकहरु बताउँछन् । घाटा पूर्तिका लागि यस बैंकले गत बुधबार मात्र ठूलो हिस्सामा बन्ड सेयर बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ सेयर बेच्ने घोषणा गरेको थियो ।
सिलिकन भ्यालीलाई अब संघीय निक्षेप बीमा निगम (FDIC) ले अधिग्रहण गर्ने जनाइएको छ । सबै बीमित निक्षेपकर्ताहरूले आफ्नो निक्षेप निकाल्ने स्वतन्त्रता प्रदान गर्नका निमित्त १३ मार्चमा बैंक खुला गरिने बताइएको छ ।
सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकाे १ लाख ४९ हजार ९ सय
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४९ हजार ४ सय रुपैँयामा कारोबार भएको छापावाला...