अस्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने, पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अस्ट्रेलियाको एडिलेड सहरमा नेपाल महोत्सव हुने भएको छ ।  गैर आवासीय नेपाली संघ एनआरएनए साउथ अस्ट्रेलिया राज्य समितिको आयोजनामा नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित १८ मार्च  ४ चैत मा महोत्सव हुने भएको हो । 

अस्ट्रेलिया उपाध्यक्ष तथा साउथ अस्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाका अनुसार  महोत्सवमा १० वटा ठुला स्टल सहित ४० बटा स्टल रहने  छन् । मुख्य आकर्षणका रूपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ । जसमा नेपालका परम्परागत ढिकी जाँतो, भेषभुषा, हिमाल दृश्य समेटिएका फोटोहरु, त्यसै गरी धरहरा, पशुपति, स्वयंम्बु समेत राखिने भएको छ । 

  महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने संयोजक  रेनुका लामाले जनाकारी दिए । महोत्सवका लागि अस्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.