मन्त्रालयले सेवाबाट हटायो वीर अस्पतालका पाँच स्टाफ नर्सलाई
काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्तर्गत कार्यरत पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ ।
बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौँ तहका स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेवाबाट हटाएको हो । उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन् ।
गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को घ बमोजिम हटाएको सूचनामा उल्लेख छ ।
देशभर २२ जनामा हैजा पुष्टि
काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै...
त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...
‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी
काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...
७१ जिल्लामा फैलियो डेङ्गु
काठमाडाैं । डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...
सरकारले असार ७ गते विश्व योग दिवस मनाउने
काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...