‘नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा सुधार गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल(चीन लगानी तथा व्यापार मञ्चले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालले विदेशी लगानीकर्तालाई प्रेरित, प्रवर्द्धन र सुरक्षा गरेको बताएका हुन् ।

उनले भने, ‘नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको छ । हामीले हाम्रा नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेका छौँ ।’ चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न समेत आग्रह गरेको बताएका छन् । उनले नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा पनि केही सुधार गर्नुपर्ने बताएका छन् । उनले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने पनि प्रतिबद्धता जनाए ।

चीनसँग देखिएको व्यापार घाटा घटाउने पनि सरकारको चुनौती रहेको प्रधानमन्त्री दाहालले बताए । आर्थिक वर्ष ०७८र७९ मा नेपालले चीनबाट २ खर्ब ३२ अर्बबराबरको सामान आयात गर्दा जम्मा ६७ करोड रुपैयाँबराबरको मात्र सामान पठाउन सकिएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको उल्लेख गरे । उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.