प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको सामूहिक भेटवार्ता, संघीयता कार्यान्वयन गर्नेबारे छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रदेश प्रमुखहरूबीच सामूहिक भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच छलफल भएको हो ।

भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार सहभागी थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी भने सहभागी थिएनन् ।

भेटवार्तामा संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको थियो । पछिल्लो समय संघीयताको खासगरी प्रदेश संरचनाको आलोचना भएको विषयमा पनि प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुखहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटमा प्रदेश प्रमुखहरूले मर्यादाक्रमको विषय पनि उठाएका थिए । हाल प्रदेश प्रमुखहरूको मर्यादाक्रम सातौं नम्बर आफ्नो प्रदेशमा छ ।

आफ्नो प्रदेशभन्दा बाहिर गएपछि भने आठौं नम्बरमा मर्यादाक्रम झर्ने गरेको छ । त्यसैले, यो मर्यादाक्रम सच्याउनुपर्ने सुझाव प्रदेश प्रमुखहरूले राखेका थिए । संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे प्रधानमन्त्रीले सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.